२०८१ असार ३१ गते | 15th of July 2024

बहराईनलाई पराजित गर्दै क्यानाडा पाँचौ

बहराईनलाई पराजित गर्दै क्यानाडा पाँचौ
Sanchar_np प्रकाशित: २०७८ फागुन १२ गते ९:५७

आईसीसी पुरुष टी–ट्वान्टी विश्वकप ग्लोबल छनोट अन्तर्गत क्यानाडा पाँचौ भएको छ । ओमानको अल अमेरात क्रिकेट मैदानमा बहराईनलाई ७ विकेटले पराजित गर्दै क्यानाडा पाँचौ भएको हो ।

बहराईनले दिएको १ सय ३२ रनको लक्ष्य क्यानाडाले १४ दशमलब ३ ओभरमा ३ विकेट गुमाएर पुरा गर्यो । क्यानाडाको जितमा नभनित धलिवाल अविजित रहदै सर्वाधिक ५४ रनको योगदान गरे ।

रयान पठानले ३८ रन जोडे । बहराईनका लागि जर्ज एक्टेल, वासिम अहमद र जुनैद अजिजले एक–एक विकेट लिए ।

यस अघि पहिले ब्याटिङ गर्ने निर्णय गरेको बहराईनले निर्धारित २० ओभरमा ८ विकेट गुमाउदै १ सय ३१ रन जोडेको थियो । बहराईनका लागि सिकन्दर विलाहले सर्वाधिक ३३ रन जोडे ।

क्यानाडाका लागि ह्यारी ठाकरले सर्वाधिक ४ विकेट हात पारे । कलिम सानाले २ विकेट लिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Verified by MonsterInsights