२०८१ असार ३१ गते | 15th of July 2024

प्रधानमन्त्रीले संसद् खुलाउन पहल गरिरहनुभएको छ : गृहमन्त्री खाँण

प्रधानमन्त्रीले संसद् खुलाउन पहल गरिरहनुभएको छ : गृहमन्त्री खाँण
Sanchar_np प्रकाशित: २०७८ फागुन १२ गते १०:२६

गृहमन्त्री बालकृष्ण खाँणले सरकारले संसद्लाई नियमितरुपमा सञ्चालन गर्न चाहेको बताएका छन् । उनले एमसीसीलगायत महत्वपूर्ण विधेयकहरू संसद्मा छलफल गर्नुपर्ने भन्दै त्यसका लागि सदन नियमित सञ्चालन हुने अवस्था बनाउन सरकारले पहल गरिरहेको बताए ।

‘सरकारले सदन सुचारू गराउन चाहन्छ । सदनलाई सहज गराउने र सदनमा प्रक्रियामा अघि बढेका प्रस्तावहरूलाई टुंगो पुर्याउने गरी नै प्रधानमन्त्रीजीले छलफल गरिरहनुभएको छ,’ उनले भने, ‘प्रधानमन्त्रीले सबै दलका नेताहरूसँग छलफल र संवाद गरिरहनुभएको छ ।’
मन्त्री खाँणले अहिलेसम्म दलहरूले एमसीसीको पक्ष वा विपक्षमा मतदान गर्ने भनेर निर्क्योल गरिसकेको अवस्था नभएको बताए । ‘नेपालमा कतिपय घटनाक्रमहरू हुँदैन जस्तो लाग्छ । तर पछि सकारात्मकरुपले अघि बढेको उदाहरण पनि छन् । अहिले म यत्ति आग्रह गर्दछु कि आशा गरौं, यो सकारात्मकरुपमै अघि बढ्छ, संसद् सुचारु हुन्छ र विधेयकहरू पेस भएर छलफलको वातावरण बन्छ, पास हुन्छन्,’ उनले भने ।
मन्त्री खाँणले सरकारले संसद्मा टेबल गरेको एमसीसी सम्झौतामाथि सैद्धान्तिक छलफलपछि टुंगोमा पुर्याइने बताए । ‘सरकारको प्रस्तावमा भोट हाल्ने वा नहाल्ने भन्ने दलहरूको निर्णय हो । उहाँहरूको निर्णयमा हामीले कुनै अवरोध गर्ने कुरा हुँदैन, अहिले एमसीसी सम्झौतामाथि भोटिङमा जाँदा उहाँहरूले पक्ष वा विपक्षमा मतदान गर्ने भन्ने टुंगिएको छैन,’उनले भने, ‘तर यसले छिट्टै निकास पाउँछ ।’

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Verified by MonsterInsights