२०८० फागुन २० गते | 3rd of March 2024

संसद्को कार्यसूची : भोलि एमसीसीमाथि छलफल

संसद्को कार्यसूची : भोलि एमसीसीमाथि छलफल
Sanchar_np प्रकाशित: २०७८ फागुन १२ गते ११:०८

प्रतिनिधिसभाको भोलि बस्ने बैठकमा अमेरिकी सहयोग परियोजना (एमसीसी) सम्झौतामाथि छलफल हुने भएको छ । बिहीबार संसद् सचिवालयले सार्वजनिक गरेको बैठकको सम्भावित कार्यसूचीमा ‘एमसीसीमाथि सामान्य छलफल गरियोस्’ भन्ने प्रस्ताव पेस हुने उल्लेख छ ।

प्रतिनिधिसभाको बैठक शुक्रबार दिउँसो १ बजे बस्ने तय छ । आजका लागि बोलाइएको बैठक सरकारको आग्रहमा भोलिका लागि सारिएको सभामुख अग्निप्रसाद सापकोटाको सचिवालयले जनाएको छ ।

गएको आइतबारको प्रतिनिधिसभा बैठकमा एमसीसी सम्झौता टेबल गरिएको थियो ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *