२०८० फागुन १४ गते | 26th of February 2024

राजधानीको दुई स्थानबाट बेवारिसे गाडी बरामद

राजधानीको दुई स्थानबाट बेवारिसे गाडी बरामद
Sanchar_np प्रकाशित: २०७८ फागुन १२ गते ११:१३

राजधानीको दुई स्थानबाट प्रहरीले बेवारिसे अवस्थामा रहेका दुई गाडी बरामद गरेको छ । काठमाडौं उपत्यकाका विभिन्न स्थानमा भन्सार छलि सवारी साधन ल्याइएको सूचनाका आधारमा खटिएको महानगरीय अपराध महाशाखाको टोलीले दुई गाडी बरामद गरेको हो ।

प्रहरीका अनुसार चाबहिलस्थित गोपीकृष्ण हल अगाडिबाट र म्हैपीस्थित विष्णुमती खोला किनारबाट बोलेरो र सुजुकी अल्टो गाडी बरामद भएको हो । ती गाडी आवश्यक कारबाहीका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयमा पठाइएको प्रहरी उपरीक्षक कृष्णप्रसाद कोइरालाले जानकारी दिए ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *