२०८१ असार ३१ गते | 15th of July 2024

नापोलीमाथि बार्सिलोनाको शानदार जित

नापोलीमाथि बार्सिलोनाको शानदार जित
Sanchar_np प्रकाशित: २०७८ फागुन १३ गते ५:३४

नापोलीमाथि शानदार जित सहित बार्सिलोना युरोपा लिग फुटबलको अन्तिम १६ मा प्रवेश गरेको छ । बिहिबार राति अन्तिम ३२ को दोस्रो लेगको खेलमा फराकिलो जित निकाल्दै बार्सिलोना अन्तिम १६ मा प्रवेश गरेको हो ।

दोस्रो लेगको खेलमा बार्सिलोनाले सिरि ए क्लब नापोलीलाई ४–२ गोल अन्तरले हरायो । समग्रमा ५–३ को जित सहित बार्सिलोनाले प्रि–क्वार्टर फाइनलको यात्रा तय गर्यो ।

खेलको सुरुवातमा जोर्डी अल्बा र फ्रेन्कि डी जोङको गोलमा बार्सिलोनाले अग्रता बनाएको थियो । लोरेन्जो इन्साइनले पेनाल्टीमा गोल गर्दै नापोलीको आशा बढाएका थिए ।

तर जेरार्ड पिके र पियरिक इम्रिक अबुमियाङले गोल गर्दै बार्सिलोनालाई शानदार जिततर्फ अघि बढाए । माटेओ पोलिटानोले नापोलीका लागि अन्तिम एक गोल गरे ।

प्राप्त जितसँगै बार्सिलोना युरोपा लिग उपाधिको बलियो दाबेदार देखिएको छ । जाभीले रोनाल्ड कोम्यानलाई प्रतिस्थान गरेसँगै बार्सिलोनाको नतिजा समेत राम्रो देखिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Verified by MonsterInsights