२०८१ असार ३१ गते | 15th of July 2024

रेन्जर्ससँग बराबरी खेल्दै डर्टमण्ड युरोपा लिगबाट बाहिरियो

रेन्जर्ससँग बराबरी खेल्दै डर्टमण्ड युरोपा लिगबाट बाहिरियो
Sanchar_np प्रकाशित: २०७८ फागुन १३ गते ५:५८

जर्मन क्लब बोरुसिया डर्टमण्ड युरोपा लिग फुटबलको अन्तिम ३२ बाट बाहिरिएको छ । बिहीबार राति भएको अन्तिम ३२ को दोस्रो लेगमा रेन्जर्ससँग २–२ गोलको बराबरी खेलेपछि डर्टमण्ड समग्रमा ६–४ ले पराजित हुँदै बाहिरिएको हो ।

पहिलो लेगमा ४–२ गोलको जित निकालेको रेन्जर्स भने अन्तिम १६ मा प्रवेश गरेको छ । घरेलु मैदानमा रेन्जर्सका लागि जेम्स ताभेरनीरले दुई गोल गरे ।

डर्टमण्डका जुड बेलिङघम र डोनएल मालेन एक एक गोल फर्काए । स्पेनिस क्लब सेभियाले अन्तिम १६ मा स्थान बनाएको छ ।

दोस्रो लेगमा डिनामो जाग्रेबसँग १–० ले पराजित भएपनि सेभियाले समग्रमा ३–२ को जित निकाल्यो । स्पेनको रियल सोसिडाडलाई समग्रमा ५–३ ले हराएर आरबी लाइपजिग अन्तिम १६ मा प्रवेश गरेको छ ।

यस्तै एफसी पोर्टो, एट्लान्टा र रियल बेटिसले अन्तिम १६ मा स्थान बनाएका छन् ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Verified by MonsterInsights