२०८१ साउन ८ गते | 23rd of July 2024

प्रतिनिसभाको आजको बैठक पनि स्थगित

प्रतिनिसभाको आजको बैठक पनि स्थगित
Sanchar_np प्रकाशित: २०७८ फागुन १३ गते ६:४२

प्रतिनिधिसभाको आजको बैठक स्थगित भएको छ। अमेरिकी परियोजना मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) लाई लिएर किचलो बढिरहेको बेलामा आज बस्ने भनिएको बैठक पनि स्थगित गरिएको हो।

बैठक आइतवार दिउँसो १ बजेसम्मका लागि स्थगित गरिएको हो। कानुन मन्त्री दिलेन्द्र बडूले सभामुख अग्नि सापकोटालाई भेटेर आजको बैठक स्थगित गर्न आग्रह गरेका थिए।

सरकारले एमसीसीको विषयमा गठबन्धन र विपक्षसँग सहमति जुटाउने प्रयास भइरहेको भन्दै आजको बैठक पनि स्थगित गर्न सरकार पक्षले आग्रह गरेको हो।

बिहीवारको बैठक पनि सरकारले नै आग्रह गरेर स्थगित गरिएको हो।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Verified by MonsterInsights