२०८१ असार ३१ गते | 15th of July 2024

आईपीएल मार्च २६ बाट

आईपीएल मार्च २६ बाट
Sanchar_np प्रकाशित: २०७८ फागुन १३ गते ६:४७

यस वर्षको इन्डियन प्रिमियर लिग (आईपीएल) मार्च २६ देखि मे २९ तारिखबाट सुरु हुने भएको छ । आईपीएलका खेलहरु भारतको मुम्बई तथा पुणेमा हुने आयोजकले जनाएको छ ।

आईपीएलका ५५ खेल मुम्बईमा तथा १५ खेल पुणेमा हुनेछन् । २० खेल वांखेडे, १५ खेल ब्राबोर्न स्टेडियम, २० खेल डिवाई पाटिल स्टेडियम, तथा १५ खेल महाराष्ट्र क्रिकेट एसोसियन मैदानमा हुनेछन् ।

मैदानमा सिमित संख्यामा दर्शकलाई समेत अनुमति प्रदान गरिनेछ । यस पटक आईपीएलमा १० टिमको सहभागिता रहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Verified by MonsterInsights