२०८० फागुन २० गते | 3rd of March 2024

इन्डोनेसियामा ६.२ म्याग्निच्युडको भूकम्प

इन्डोनेसियामा ६.२ म्याग्निच्युडको भूकम्प
Sanchar_np प्रकाशित: २०७८ फागुन १३ गते ८:२०

इन्डोनेसियामा शुक्रबार ६.२ म्याग्निच्युडको भूकम्प गएको छ । भूकम्पका कारण अहिलेसम्म कम्तीमा दुईजनाको मृत्यु भएको विवरण प्राप्त भएको सरकारी अधिकारीहरूले जानकारी दिएका छन् ।

उनीहरूका अनुसार अरू २० जना घाइते भएका छन् भने अरू क्षतिको विवरण आउन बाँकी नै रहेको छ । इन्डोनेसियाको सुमात्रालाई केन्द्रविन्दु बनाएर गएको भूकम्पका कारण धेरै भौतिक संरचनामा क्षति पुगेको छ ।
“म मैले मेरो बच्चालई हेरचाह गरेर बसिरहेको थिएँ, एक्कासि भूकम्प आयो, हामी सबैले के गर्ने भन्ने नै सोँच सकेनौँ, एकाएक भागिएछ,” एक प्रत्यक्षदर्शीले भने ।

भूकम्पपछि अहिले धेरै मानिस घर बाहिर बसेको र सबैजना त्रसित अवस्थामा रहेको पनि अधिकारीहरूले जानकारी दिएका छन् ।
भूकम्पका कारण आँधीको सम्भावना भने नरहेको जनाइएको छ । भूकम्पले पारेको असरसम्बन्धी दृश्यहरू सञ्चारमाध्यम तथा सामाजिक सञ्जालहरूमा देखिएका छन् ।

इन्डोनेसियाको प्रकोप व्यवस्थापनसम्बन्धी निकायका प्रमुख अलिम बजारले घटनास्थलमा सुरक्षाकर्मी तथा उद्धारकर्ताहरू परिचालन गरिएको जानकारी दिए । उनका अनुसार भूकम्पका कारण विभिन्न सेवा तथा नियमित कार्यमा समेत समस्या उत्पन्न भएको छ ।
रासस÷एएफपी

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *