२०८१ साउन ८ गते | 23rd of July 2024

एमसीसी की देश र जनता रोज्‍ने, त्यो प्रधानमन्त्रीको विषय हो : झलनाथ खनाल

एमसीसी की देश र जनता रोज्‍ने, त्यो प्रधानमन्त्रीको विषय हो : झलनाथ खनाल
Sanchar_np प्रकाशित: २०७८ फागुन १३ गते ८:३१

नेकपा एकीकृत समाजवादीका सम्मानीत नेता झलनाथ खनालले अमेरिकी सहायता परियोजना एमसीसी जर्बजस्ती अनुमोदन गर्न खोजे मुलुक दुर्घटनामा फस्ने बताएका छन् । संसद भवन नयाँ बानेश्वरमा संचारकर्मीसँग कुरा गर्दै नेता खनालले प्रधानमन्त्री शेरबहादुर देउवाले एमसीसी जर्बजस्त अनुमोदन गर्न खोजे मुलुक दुर्घटनातर्फ उन्मुख हुने बताए ।

खनालले भने,’एमसीसी रोज्‍ने की देश र जनता रोज्ने त्यो प्रधानमन्त्रीको विषय हो।’ नेता खनालले एमसीसीले जनता, संसद् र गठबन्धनमा विभाजन ल्याएकाले राष्ट्रिय सहमति बिना केही नहुने बताए । उनले अझै पनि एमसीसीका बारेमा सहमति खोज्न सकिने बताए ।

एमसीसी अनुमोदन गर्ने नाममा नेकपा एमालेसँग कांग्रेसले सहकार्य गर्न खोजेको हो भने त्यो दिवासप्‍ना मात्र हुने खनालको भनाइ छ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Verified by MonsterInsights