२०८० फागुन २० गते | 3rd of March 2024

माधव नेपालसँग भेटपछि देउवा आन्तरिक छलफलमा

माधव नेपालसँग भेटपछि देउवा आन्तरिक छलफलमा
Sanchar_np प्रकाशित: २०७८ फागुन १३ गते ८:४४

प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच भेटवार्ता भएको छ । शुक्रबार मध्यान्ह प्रधानमन्त्री देउवालाई भेट्न नेपालले बालुवाटार पुगेका थिए ।

प्रधानमन्त्रीको सचिवालयका अनुसार एमसीसीका कारण सत्ता गठबन्धनमा उत्पन्न मतभेदबारे छलफल भएको छ । उनीबीचको छलफलमा एमसीसी पारित गराउन नयाँ विकल्पको खोजी भएको छ ।

सत्ता गठबन्धन जोगाएर एमसीसी पारित गराउने लाग्नुपर्नेमा देउवा र नेपाल सहमत भएका छन् । नेपालसँगको छलफलपछि काँग्रेस सभापति समेत रहेका देउवाले पार्टीका शीर्ष नेतासँग आन्तरिक छलफलमा जुटेका छन् । उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री गगन थापा, सञ्चारमन्त्री ज्ञानेन्द्र कार्की लगायतसँग छलफल थालेको बुझिएको छ ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *