२०८१ साउन ८ गते | 23rd of July 2024

कुहिएको अवस्थामा भुटानी शरणार्थी शिविरमा फेला पर्यो एक पुरुष शव

Sanchar_np प्रकाशित: २०७८ फागुन १३ गते ९:०२

मोरङको पथरीशनिश्चरे नगरपालिकास्थित भुटानी शरणार्थी शिविरमा एक व्यक्तिको शव कुहिएको अवस्थामा फेला परेको छ। जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी नायब उपरीक्षक मञ्जील मुकारुङकाअनुसार आफ्नै घरभित्र ४० वर्षीय दलबहादुर मगरको शव कुहिएको अवस्थामा भेटिएको हो।

नगरपालिका–१० स्थित शरणार्थी शिविर सेक्टर सी(२) मा बस्दै आएका मगरको शव कुहिएर गन्हाउन थालेपछि स्थानीयले खोजी गर्दैगर्दा प्रहरीलाई खबर गरेका थिए। प्रहरी नायब उपरीक्षक मुकारुङले मगरको मृत्युबारे अनुसन्धान भइरहेको जानकारी दिए।

उनका अनुसार प्रहरीको टोली शुक्रबार घटनास्थल पुग्दा शव कुहिएर किरापरेको अवस्थामा रहेको थियो। प्रहरीले थप अनुसन्धानका लागि शवलाई उर्लाबारी नगरपालिकामा रहेको मंगलबारे अस्पतालमा लगेको छ। स्थानीय सागर राईका अनुसार मगरका परिवार सदस्य सबै अमेरिकामा रहेका छन्। उनी केहीदिन यता एक्लै रहेको राईको भनाइ छ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Verified by MonsterInsights