२०८० फागुन ११ गते | 23rd of February 2024

किभमै पुग्यो रुसी सेना, ४ दिनमै राजधानी कब्जा

किभमै पुग्यो रुसी सेना, ४ दिनमै राजधानी कब्जा
Sanchar_np प्रकाशित: २०७८ फागुन १३ गते ९:१५

युक्रेनमा रुसको हमला भएको शुक्रबार लगातार दोस्रो दिन हो । राजधानी किभ बिहान ७ ठूला हमलाबाट आक्रान्त भएको थियो । आक्रमणपछि मानिसहरु रातभर घर, सबवे र अन्डरग्राउन्ड सेल्टरमा लुकेका थिए । राजधानी किभमा खानपिनदेखि दैनिक अत्यावश्यक बस्तुको कमी हुन थालेको छ ।

यसैबीच युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसी सेना राजधानीमै आएको दाबी गरेका छन् । आगामी ९६ घन्टा अर्थात् ४ दिनमा किभमा रुसको कब्जा हुने आशंका समेत जेलेन्स्कीले गरेको छ । रुसी सेनाले आवासीय क्षेत्रमा निशाना बनाइरहेको उनले बताए । उनले रुसी नागरिकसँग समेत यो लडाईविरुद्ध प्रदर्शन गर्न अपिल गरेका छन् ।

यसैगरी लिभ शहरमा हवाई हमलाको साइरन सुनिएको छ । यसपछि शहरका मेयरले मानिसलाई घरबाट बाहिर ननिस्कन आग्रह गरेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *