२०८१ असार १ गते | 14th of June 2024

ब्रिगेडसँग थ्री स्टारको बराबरी

ब्रिगेडसँग थ्री स्टारको बराबरी
PHOTO : ANFA
Sanchar_np प्रकाशित: २०७८ फागुन १३ गते ९:४३

कतार एयरवेज सहिद स्मारक ’ए’ डिभिजन लिग फुटबलमा थ्री स्टार क्लबले ब्रिगेड ब्वाइजसँग बराबरी खेल्दै अंक बाडेको छ । एन्फा कम्प्लेक्स सातदोबाटोमा शुक्रबार थ्री स्टारले ब्रिगेडसँग १–१ गोलको बराबरी खेलेको हो ।

ब्रिगेडले बनाएको सुरुआती अग्रता उल्टाएर थ्री स्टारले बराबरी खेलेको हो । खेलको इन्जुरी समयमा डोना थापाले गोल गरेपछि थ्री स्टार हारबाट जोगिएको हो ।

त्यसअघि प्रशान्त तामाङले गोल गर्दै ब्रिगेडलाई अग्रता दिलाएका थिए ।

पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको ५६ औं मिनेटमा प्रशान्तले गोल गरेका थिए । बराबरीसँगै थ्री स्टारले १३ खेलमा १९ अंक जोडेको छ ।

ब्रिगेड १३ खेलमा ८ अंक जोडेर १३ औं स्थानमा रहेको छ । ब्रिगेड यस सिजन रेलिगेसनमा परेको छ ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *