२०८० फागुन २० गते | 3rd of March 2024

मिडफिल्डर एकजनद्वारा सन्यास

मिडफिल्डर एकजनद्वारा सन्यास
Sanchar_np प्रकाशित: २०७८ फागुन १३ गते १०:४७

संकटा क्लबका मिडफिल्डर एकजन मान तुलाधरले खेल जीवनबाट सन्यास घोषणा गरेका छन् । सहिद स्मारक ए डिभिजन लिगमा शुक्रबार जावलाखेल युथ क्लबविरुद्धको खेलपछि तुलाधरले खेल जीवनबाट सन्यास लिएका हुन् ।

जावलाखेलविरुद्ध तुलाधर ८४ औं मिनेटमा मैदान प्रवेश गरेका थिए । खेलपछि संकटाका खेलाडीले उनलाई गार्ड अफ अनर दिएका थिए ।

एन्फा एकेडेमीको पहिलो ब्याचका तुलाधर पछिल्लो समय अष्ट्रेलियामा बस्दै आएका थिए । उनी सन्यासकै लागि नेपाल आएका थिए ।

‘दशरथ रंगशालामा खेल खेल्दै बिदाइ लिन पाउँदा खुशी लागेको छ,’ सन्यासपछि उनले भने, ’१० वर्षपछि खेल्न आएको हो । खेलेर बिदाइ हुन पाए । खुशी छु ।’

जारी लिग दर्ता भएर खेल्ने उनी एन्फा एकेडेमीको पहिलो ब्याचका एक्लो खेलाडी हुन् । तुलाधरले २०६० सालमा संकटाबाट खेल्दै ए डिभिजन लिगमा डेब्यु गरेका थिए । उनले अष्ट्रेलियाको युनाइटेड एफसीबाट लामो समय खेलेका थिए ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *