२०८० फागुन २० गते | 3rd of March 2024

जसपाको बैठकमा नेतृत्वबीच चर्काचर्की

जसपाको बैठकमा नेतृत्वबीच चर्काचर्की
Sanchar_np प्रकाशित: २०७८ फागुन १३ गते ११:०३

जनता समाजवादी पार्टी(जसपा) को केन्द्रीय कार्यकारिणी समीतिको बैठक सुरु भएको छ । ललितपुरको ग्वार्कोस्थित एक होटलमा शुक्रबार दिउँसो बसेको बैठकमा संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराई र अध्यक्ष उपेन्द्र यादव पक्षबीच चर्काचर्की भएको छ ।

लामो समयदेखि पार्टीका शीर्ष नेताहरूबीच देखिँदैआएको असन्तुष्टि बैठकमा व्यक्त भएको हो। यसअघि पनि कार्यकारिणी बैठक बोलाउन भट्टराई पक्षका नेताहरूले पटक पटक अध्यक्ष यादव समक्ष अनुरोध गर्दै आएका थिए ।

बैठक सुरु नहुँदै यादव र भट्टराई पक्षका नेता तथा कार्यकर्ताले एक अर्काप्रति आरोप–प्रत्यारोप लगाइरहेका थिए। पार्टीका एक जना नेताले यादव र भट्टराई पक्षबीच चर्काचर्की नै भएको बताएका छन् । बैठकमा एमसीसी, स्थानीय तहको चुनाव, कार्यविभाजन, पार्टी समायोजन लगायत विषयमा एजेन्डाको रुपमा राखिएको छ ।

तर दुई पक्षका नेता तथा कार्यकर्ताहरूको विवादका कारण बैठकमा एजेन्डा प्रवेश गर्न ढिलाइ भएको एक कार्यकारिणी सदस्यले बताए ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *