२०८० फागुन १४ गते | 26th of February 2024

रुसले तेल भण्डारमा आक्रमण गरेपछि युक्रेनको किएभमा विषालु धुवाँको जोखिम, झ्याल लगाएर घरभित्रै बस्न आग्रह

रुसले तेल भण्डारमा आक्रमण गरेपछि युक्रेनको किएभमा विषालु धुवाँको जोखिम, झ्याल लगाएर घरभित्रै बस्न आग्रह
Sanchar_np प्रकाशित: २०७८ फागुन १५ गते ५:२९

किएभमाथि रुसी हमलाबीच राजधानी किएभको बाहिरी इलाका वासिल्किवमा एक तेल डिपोमा हानी पुगेको खबर बीबीसीले दिएको छ । अब किएभको प्रशासनले डिपोमा आगलागी भएको छ र त्यहाँबाट विषालु धुँवा निस्किरहेकोले सबैलाई आफ्नो घरको झ्याल–ढोका बन्द गर्न सल्लाह दिइएको छ ।

सोसल मिडियामा तेल डिपोमा आगलागी भएको भन्दै यस्ता थुप्रै भिडियो पोस्ट गरिएका छन् । भिडियोमा ठूलो परिमाणमा हावामा धुँवा आइरहेको देखिएको छ ।

यसअघि युनाइेटेड नेसन्सको ह्यूमन राइट्स हाई कमिश्नरको तर्फबाट बताइए अनुसार हालसम्मको हमलामा २४० जना हताहत भएका छन् । यीमध्ये कम्तिमा ६४ जनाको मृत्यु भएको छ ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *