२०८० फागुन १४ गते | 26th of February 2024

युभेन्ट्स विजयी

युभेन्ट्स विजयी
Sanchar_np प्रकाशित: २०७८ फागुन १५ गते ५:५४

इटालियन सिरी ए फुटबलमा युभेन्ट्सले इम्पोलीलाई हराएको छ । शनिबार राति भएको खेलमा युभेन्ट्सले इम्पोलीलाई ३–२ गोल अन्तरले हराएको हो ।

खेलको ३२ औं मिनेटमा मोइस किनले गोल गर्दै युभेन्ट्सलाई अग्रता दिलाएका थिए । खेलको ३९ औं मिनेटमा जुर्कोवास्कीले गोल गर्दै इम्पोलीलाई १–१ को बराबरीमा ल्याए ।

खेलको ४५ औं मिनेटमा डुसन भ्लाहोविचले गोल गर्दै युभेन्ट्सलाई २–१ को अग्रता दिलाए । ७६ औं मिनेटमा आन्द्रे ला मान्टियाले गोल गरेपछि इम्पोलीले खेल २–२ को स्थितिमा ल्यायो ।

त्यसपछि खेलको ६६ औं मिनेटमा डुसंले गोल गर्दै युभेन्ट्सलाई ३–२ को जित दिलाए । यस जितसँगै युभेन्ट्सले २७ खेलमा ५० अंक जोडेको छ ।

युभेन्ट्स चौंथो स्थानमा रहेको छ । इम्पोली ३१ अंक जोडेर १३ औं स्थानमा रहेको छ ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *