२०८१ असार ३१ गते | 15th of July 2024

बायर्नलाई ९ अंकको अग्रता

बायर्नलाई ९ अंकको अग्रता
Sanchar_np प्रकाशित: २०७८ फागुन १५ गते ६:०८

जर्मन बुन्डेसलिगा फुटबलमा शीर्ष स्थानको बायर्न म्युनिखले जित निकालेको छ । शनिबार राति भएको खेलमा बायर्नले फ्रान्कफुर्टलाई १–० गोल अन्तरले हराएको हो ।

बायर्नलाई जित दिलाउन लोरी सानेले निर्णायक गोल गरे । उनले खेलको ७१ औं मिनेटमा गोल गरेका थिए ।

यस जितसँगै बायर्नले २४ खेलमा ५८ अंक जोडेको छ । बायर्नले बोरुसिया डर्टमण्डविरुद्ध ९ अंकको अग्रता बनाएको छ ।

दोस्रो स्थानको डर्टमण्डको ४९ अंक रहेको छ । फ्रान्कफुर्ट ३१ अंक जोडेर दशौँ स्थानमा रहेको छ ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Verified by MonsterInsights