२०८१ असार १ गते | 14th of June 2024

यी अस्पतालमा वैदेशिक रोजगारीमा जाने श्रमिकलाई निःशुल्क पीसीआर परीक्षण

यी अस्पतालमा वैदेशिक रोजगारीमा जाने श्रमिकलाई निःशुल्क पीसीआर परीक्षण
Sanchar_np प्रकाशित: २०७८ फागुन १५ गते ६:१२

सरकारले वैदेशिक रोजगारीमा जाने सबै श्रमिकको कोरोनाभाइरसको पीसीआर परीक्षण निःशुल्क गर्ने भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले मन्त्रिस्तरीय निर्णय गर्दै निःशुल्क पीसीआर परीक्षणको व्यवस्था गरेको हो ।

सरकारीअन्तर्गतका शुक्रराज ट्रपिकल अस्पताल टेकु, वीर अस्पताल र केन्द्रीय जनस्वास्थ्य प्रयोगशालाबाट वैदेशिक रोजगारीमा जाने सबै श्रमिकको पीसीआर परीक्षण निःशुल्क हुनेछ ।

यसअघि सरकारी अस्पताल तथा प्रयोगशालामा पीसीआर परीक्षण गर्दा रु ८०० शुल्क तिर्नुपर्ने हुन्थ्यो । पीसीआर परीक्षण गर्न वैदेशिक रोजगारीमा जाने निश्चित भएको कागजात पेश गर्नुपर्नेछ । यसअघि सरकारले वैदेशिक रोजगारीमा जाने युवाका लागि कोरोनाविरुद्धको खोपको व्यवस्थापन गरेको थियो ।
रासस

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *