२०८० फागुन ११ गते | 23rd of February 2024

सिटीको साँघुरो जित

सिटीको साँघुरो जित
Sanchar_np प्रकाशित: २०७८ फागुन १५ गते ६:४२

इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर सिटीले साँघुरो जित निकालेको छ । शनिबार राति भएको खेलमा सिटीले एभर्टनलाई १–० गोल अन्तरले हराएको हो ।

सिटीलाई जित दिलाउन फिल फोडेनले निर्णायक गोल गरे । एभर्टनको मैदानमा फोडेनले खेलको ८१ औं मिनेटमा गोल गरेका थिए ।

यस जितसँगै सिटीले २७ खेलमा ६६ अंक जोडेको छ । सिटी शीर्ष स्थानमा रहेको छ ।

एभर्टन २२ अंक जोडेर १७ औं स्थानमा रहेको छ ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *