२०८० फागुन १४ गते | 26th of February 2024

श्रीलंकन डिफेन्डर डक्सन मृत फेला

श्रीलंकन डिफेन्डर डक्सन मृत फेला
Sanchar_np प्रकाशित: २०७८ फागुन १५ गते ७:०९

श्रीलंकाको राष्ट्रिय फुटबल टिमका डिफेन्डर डक्सन पुस्लासको मृत्यु भएको छ । ३१ वर्षीय डक्सनको शनिबार मृत्यु भएको हो ।

डक्सन उनी बस्ने अपार्टमेन्टमा मृत भेटिएको द टाइम्स अफ अद्दुले जनाएको छ। उनको मृत्युको कारण खुलेको छैन । तर, उनले आत्महत्या गरेको हुनसक्ने अनुमान गरिएको छ ।

डिफेन्डर डक्सन क्लब भ्यालेन्सियाबाट श्रीलंकाको शीर्ष डिभिजनको लिग खेलिरहेका थिए । उनले यस अघि टिसी स्पोर्ट्सबाट खेलेका थिए ।

श्रीलंकाका लागि उनले १४ खेल खेलेका थिए । घरेलु मैदानमा आयोजना भएको साफ च्याम्पियनसिपमा उनी टिममा रहेका थिए ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *