२०८१ असार ३१ गते | 15th of July 2024

मोटरसाइकल चोरी गर्ने दुई जना पक्राउ

मोटरसाइकल चोरी गर्ने दुई जना पक्राउ
Sanchar_np प्रकाशित: २०७८ फागुन १५ गते ७:५७

सर्लाही प्रहरीले जंगलमा लुकाई राखेको अवस्था चोरीको मोटरसाइकलसहित दुई जनालाई पक्राउ गरेको छ ।

शनिबार मध्यराति बागमती नगरपालिका–९, बाट हराएको ज६प २६०४ नम्बरको मोटरसाइकल आठ घण्टापछि आइतबार बिहान प्रहरी चौकी राजघाटको टोलीले बरामद गरेको हो । इलाका प्रहरी कार्यालय बरहथवाका अनुसार मोटरसाइकल चोरी गरेर बागमती नगरपालिकास्थित शंकरपुर जंगलमा लुकाई राखेको अवस्थामा बरामद भएको थियो ।

प्रहरीले घटनामा संलग्नको आशंकामा दुई जनालाई पक्राउ पनि गरेको छ । प्रहरीले मोटरसाईकल सँगै बागमती नगरपालिका–९, शंकरपुर बस्ने १९ बर्षीय विनोद महतो र सोही स्थानका १८ वर्षीयका अनिलकुमार यादवलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सर्लाहीको निमित्त प्रवक्ता प्रहरी निरीक्षक जटाशंकर यादवले जानकारी दिए । घटनाको बिषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Verified by MonsterInsights