२०८० फागुन १४ गते | 26th of February 2024

एमसीसीको पक्षमा उभिने जसपाको निर्णय

एमसीसीको पक्षमा उभिने जसपाको निर्णय
Sanchar_np प्रकाशित: २०७८ फागुन १५ गते ८:१७

जनता समाजवादी पार्टी (जसपा)ले अमेरिकी सहयोग नियोग एमसीसीसँगको सम्झौताको पक्षमा उभिने निर्णय गरेको छ। आइतबार बिहान अध्यक्ष उपेन्द्र यादव, संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराई र वरिष्ठ नेता अशोक राई सहभागी बैठकले एमसीसीको पक्षमा उभिने निर्णय गरेको हो।

यसअघि जसपा कार्यकारिणी समिति बैठकले एमसीसीका विषयमा निर्णय गर्न नसक्दा शीर्ष नेतालाई जिम्मा दिएको थियो।आइतबार तीन शीर्ष नेताको बैठकले एमसीसीलाई व्याख्यात्मक घोषणासहित अनुमोदन गर्ने निर्णय गरेको एक नेताले बताए। अब एमसीसीको पक्षमा जसपाका १९ सांसद नै उभिने छन्।

यसअघि उपेन्द्र यादव एमसीसीको विपक्षमा थिए भने संघीय परिषद अध्यक्ष बाबुराम भट्टराईले सुरुदेखि नै एमसीसीको पक्षमा वकालत गर्दै आएका छन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *