२०८१ असार १ गते | 14th of June 2024

अझै सुरु हुन सकेन कार्यव्यवस्था परामर्श समितिको बैठक

अझै सुरु हुन सकेन कार्यव्यवस्था परामर्श समितिको बैठक
Sanchar_np प्रकाशित: २०७८ फागुन १५ गते ८:१९

प्रतिनिधिसभा बैठकको कार्यसूची तय गर्नका लागि कार्यव्यवस्था परामर्श समितिको बैठक अझै बस्न सकेको छैन।

दिउँसो १ बजेका लागि प्रतिनिधि सभाको बैठक बोलाइएको भए पनि बैठकमा छलफल हुने विषयको कार्यसूची तय गर्नका लागि कार्यव्यवस्था परामर्श समिति बस्न नसकेको हो। कार्यसूची तय गर्न ढिलाई भएसँगै प्रतिनिधि सभाको बैठक बस्न पनि ढिला हुने भएको छ।

सभामुखको सचिवालयका अनुसार केही बेरमै कार्यव्यवस्था परामर्श समिको बैठक सुरु हुनेछ। सत्ता गठबन्धनमा आवद्ध राजनीतिक दलका आ–आफ्नै बैठकका कारण कार्यव्यवस्था समितिको बैठक प्रभावित हुनपुगेको सचिवालयले जनाएको छ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *