२०८० फागुन १४ गते | 26th of February 2024

प्रदेश एकको ललितपुर मेयर्सविरुद्ध सान्त्वना जित

प्रदेश एकको ललितपुर मेयर्सविरुद्ध सान्त्वना जित
Sanchar_np प्रकाशित: २०७८ फागुन १५ गते ८:३५

ललितपुर मेयर महिला टी–ट्वान्टी च्याम्पियनशीप अन्तर्गत प्रदेश नं. १ ले सान्त्वना जित हात पारेको छ । टियु क्रिकेट मैदानमा फाइनल प्रवेश गर्न असफल रहेको प्रदेश १ ले ललितपुर मेयर्स ११ लाई २२ रनले पराजित गरेको हो ।

प्रतियोगिता अन्तर्गत प्रदेश १ ले चार खेलमा दुई जित हात पारेको छ । यता ललितपुर मेयर्सले भने चारवटै खेलमा पराजय भोगेको छ । समान तीन खेलमा जित हात पारेका नेपाल एपीएफ क्लब र सुदुरपश्चिम प्रदेश फाइनलमा प्रवेश गरिसकेका छन् ।

आईतबारको खेलमा १ सय २० रनको लक्ष्य पछ्याएको ललितपुर मेयर्सले निर्धारित २० ओभरको एक बल बाँकी छदा अलआउट हुदै मात्र ९७ रन जोड्न सक्यो । सुमन खतिवडाले सर्वाधिक ४४ तथा अन्जली विश्वकर्माले २१ रनको योगदान गरेपनि ललितपुर मेयर्सले जित हात पार्न सकेन ।

सन्तोषी चौधरी भने शुन्य रनमा रिटार्यड हर्ट भएकी थिईन् । प्रदेश १ का लागि अलिसा खडियाले सर्वाधिक ३ विकेट हात पारिन् ।

सवनम राईले दुई विकेट तथा ज्योती दनुवार र संगिता राईले एक–एक विकेट लिए । यस अघि टस हारेर पहिले ब्याटिङ गरेको प्रदेश १ ले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय १९ रन जोडेको थियो ।

प्रदेश १ का लागि काजल श्रेष्ठले सर्वाधिक ४४ रनको योगदान गरिन् । कप्तान रुविना क्षेत्रीले ३९ रन जोडिन् । ललितपुर मेयर्सका लागि खुसी डंगोलले सर्वाधिक २ तथा अनुराधा चौधरीले १ विकेट हात पारे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *