२०८१ असार ३१ गते | 15th of July 2024

नाडाललाई मेक्सिकन ओपनको उपाधि

नाडाललाई मेक्सिकन ओपनको उपाधि
Sanchar_np प्रकाशित: २०७८ फागुन १५ गते ८:५३

राफायल नाडालले मेक्सिकन ओपन टेनिसको उपाधि हात पारेका छन् । आईतबार भएको फाइनलमा बेलायती नम्बर १ क्यामरोन नोरीलाई सोझो सेटमा पराजित गर्दै स्पेनिस खेलाडी नाडालले उपाधि जितेका हुन् ।

नाडालले नोरीलाई ६–४ र ६–४ को सेटमा पराजित गरे । नाडालले सन् २०२२ मा खेलेका तीनवटै प्रतियोगिताको उपाधि जितेका छन् ।

अष्ट्रेलियन ओपनको उपाधि जित्दै उनी २१ पटक ग्रान्ड स्लाम जित्ने पहिलो खेलाडी बनेका थिए । समग्रमा नाडालको यो ९१ औं उपाधि हो ।

सन् २००५ मा १८ वर्षको उमेरमा तथा सन् २०२२ मा ३५ वर्षको उमेरमा उपाधि जितेका नाडाल सबैभन्दा कम उमेर तथा सबैभन्दा बढी उमेरमा मेक्सिकन ओपनको उपाधि जित्ने खेलाडी बनेका छन् ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Verified by MonsterInsights