२०८० फागुन १४ गते | 26th of February 2024

प्रचण्डको व्याख्यात्मक टिप्पणी उदृत गर्दै माओवादी नेताले भने– म पनि अब एमालेमा लागेँ

प्रचण्डको व्याख्यात्मक टिप्पणी उदृत गर्दै माओवादी नेताले भने– म पनि अब एमालेमा लागेँ
Sanchar_np प्रकाशित: २०७८ फागुन १५ गते ९:११

नेकपा माओवादी केन्द्रका सुदूरपश्चिम प्रदेश कमिटी सदस्य तथा डोटीका प्रभावशाली युवा नेता भरत बोहोराले व्याख्यात्मक टिप्पणी गरेर एमसीसी पारित गर्ने निर्णयसँगै सो पार्टी परित्याग गरेको घोषणा गरेका छन् ।

बोहोरा आइतबारै सुदूरपश्चिम प्रदेश कमिटीको प्रशिक्षण भेलामा पुगेर एमाले प्रवेश गरेका छन् । उनलाई एमाले उपाध्यक्ष सुरेन्द्र पाण्डे, उपमहासचिव प्रदिप ज्ञवाली, सुदूरपश्चिम इन्चार्ज लेखराज भट्ट लगायतले स्वागत गरेका छन् ।

माओवादी परित्याग गर्दै बोहोराले लेखेका छन्–प्रचण्ड कमरेडल व्याख्यात्मक टिप्पणी गरेर एमसीसी पास गर्ने निर्णय गरेसँगै मैले नेकपा माओवादी केन्द्र परित्याग गरि नेकपा एमालेमा समाहित भएको घोषण÷जानकारी गर्दछु ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *