२०८१ असार १ गते | 14th of June 2024

चीनले एउटै रकेटमा २२ भू–उपग्रह पठाएर बनायो रेकर्ड

चीनले एउटै रकेटमा २२ भू–उपग्रह पठाएर बनायो रेकर्ड
Sanchar_np प्रकाशित: २०७८ फागुन १५ गते १०:२८

छिमेकी मुलुक चीनले एकै पटकको रकेट प्रक्षेपणबाट अन्तरिक्षमा सफलतापूर्वक २२ वटा भू–उपग्रह पठाएको छ । आइतबार बिहान हाइनान प्रान्तस्थित वेनचाङ अन्तरिक्ष प्रक्षेपण केन्द्रबाट एउटै रकेटमार्फत् २२ वटा भू–उपग्रह अन्तरिक्षमा पठाएको हो । एकै पटकमा यति धेरै भू–उपग्रह पठाएको यो नयाँ रेकर्ड हो ।

‘लङ मार्च–८’ नामक रकेट स्थानीय समय अनुसार ११ बजेर ६ मिनेट जाँदा प्रक्षेपण गरिएको हो । केही परिवर्तन गरिएको उक्त रकेट १५ मिनेटभन्दा बढी समय उडेपछि २२ रकेटलाई निर्धारित स्थानमा परिचालन गर्न सफल भएको थियो ।

आज पठाइएका ती भू–उपग्रहलाई सात वटा संस्थान र निजी कम्पनीले निर्माण पारेका हुन् । हरेक भू–उपग्रहले तोकिएको काम गर्नेछन् । व्यावसायिक रिमोट सेन्सिङ डाटा, वातावरण अनुगमन, वनमा लाग्ने डढेलो रोकथाम एवं विपत् न्यूनीकरणजस्ता विभिन्न क्षेत्रलाई लक्षित गरी ती रकेट पठाइएको सीजीटीएनले जनाएको छ ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *