२०८१ असार १ गते | 14th of June 2024

बालिका हत्यामा संलग्न आरोपमा एक जना पक्राउ

बालिका हत्यामा संलग्न आरोपमा एक जना पक्राउ
Sanchar_np प्रकाशित: २०७८ फागुन १५ गते १०:४५

जिल्ला प्रहरी कार्यालय मोरङले लेटाङमा हत्या गरिएकी १२ वर्षीया बालिकाको हत्यामा संलग्न एक जनालाई सावर्जनिक गरेको छ।विराटनगरस्थित कार्यालयमा आइतबार आयोजित पत्रकार सम्मेलनका क्रममा मोरङ प्रहरी प्रमुख जनार्दन जिसीका अनुसार नाबालिका हत्या प्रकरणमा लेटाङ–८ का ६४ वर्षीय दीपक गिरीलाई पक्राउ गरेको हो।

नगरपालिका–८ स्थित ज्यामिरेकी नाबालिका हत्या प्रकरणबारे जानकारी दिँदै प्रहरी प्रमुख प्रहरी उपरीक्षक जिसीले स्थानीय जाँते उच्च माविमा कक्षा ६ मा अध्ययनरत बालिकालाई फागुन ११ गते बेलुका करिब साढे चार बजे विद्यालयबाट घर फर्कने क्रममा जंगलमा बलात्कार गरी हत्या गरिएको जानकारी दिए।

जंगलको बाटो घर फर्कंदै गर्दा बालिकालाई पछ्याउँदै गएका गिरीले सुरुमा बालिकासमक्ष शारीरिक सम्पर्कका लागि प्रस्ताव गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ।

सो क्रममा बालिकाले नमानेपछि गिरीले बालिकालाई बलात्कार गरी कसैलाई नभन्न चेतावनी दिएका थिए। सो क्रममा नाबालिकाले बुबालाई भनिदिन्छु भन्दै दौडिएपछि गिरीले पछ्याउँदै लडाएर घाँटी र मुख थुनेर हत्या गरेको गिरीले स्विकारेको प्रहरी अनुसन्धानमा खुलेको प्रहरी प्रमुख जिसीले बताए।

यसक्रममा गिरीले बालिकाको हत्या गरी उनको सबै कपडा र जुत्तासमेत आफैले घरको पछाडि खोल्सीमा जलाएका थिए।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *