२०८१ असार १ गते | 14th of June 2024

प्रहरी बिटबाट मोटरसाइकल चोरी गर्ने पक्राउ

प्रहरी बिटबाट मोटरसाइकल चोरी गर्ने पक्राउ
Sanchar_np प्रकाशित: २०७८ फागुन १५ गते ११:०६

दिक्तेलस्थित प्रहरी बिटमा राखिएको मोटरसाइकल चोरी गर्ने पक्राउ परेका छन् । को १० प ८१८५ नम्बरको मोटरसाइकल चोरी गर्ने दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेलका २५ वर्षीय राजेश आचार्य पक्राउ परेका हुन् ।

शनिबार पक्राउ परेका आचार्यलाई मोटरसाइकल चोरी मुद्दामा आइतबार म्याद थपेर थप गरेर अनुसन्धान बढाइएको प्रहरी निरीक्षक सुरेश ठाकुरले बताए । केपिलासगढी गाउँपालिका–१ का नवधन राई गत माघ २६ गते दुर्घटनामा परेपछि उक्त मोटरसाइकल प्रहरी बिटमा छाडेका थिए । त्यहीबाट फागुन ११ गते आचार्यले मोटरसाइकल चोरी गरेको प्रहरी निरीक्षक ठाकुरले सुनाए ।

आचार्यले मोटरसाइकल चोरी गरेपछि त्यसको नम्बर, सिटकभरसमेत परिवर्तन गरेर चलाएको अवस्थामा फेला पारेको ठाकुरले बताए । आचार्यले को १० प ८१८५ नम्बरलाई बा ५८ ब २४५८ बनाएर चलाएको अवस्थामा शनिबार दिउँसो साढे १ बजेतिर फेला पारेको प्रहरीले जनाएको छ ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *