२०८१ असार १ गते | 14th of June 2024

बराबरीमा रोकियो डर्टमण्ड

बराबरीमा रोकियो डर्टमण्ड
Sanchar_np प्रकाशित: २०७८ फागुन १६ गते ७:०६

जर्मन बुन्डेसलिगा फुटबल बोरुसिया डर्टमण्ड बराबरीमा रोकिएको छ । आइतबार राति भएको खेलमा डर्टमण्डले अग्स्वर्गसँग १(१ गोलको बराबरी खेलेको हो ।

सुरुआती अग्रता जोगाउन नसक्दा डर्टमण्ड रोकिएको हो । खेलको ३५ औं मिनेटमा थोर्गन हाजार्डले गोल गर्दै डर्टमण्डलाई अग्रता दिलाएका थिए ।

तर, खेलको ७८ औं मिनेटमा नो बाजीले गोल गर्दै अग्स्वर्गलाई १(१ गोलको बराबरीमा ल्याएका थिए । यस बराबरीसँगै डर्टमण्डले २४ खेलमा ५० अंक जोडेको छ ।

डर्टमण्ड लिगको दोस्रो स्थानमा रहेको छ । अग्स्वर्ग २३ अंक जोडेर १५ औं स्थानमा रहेको छ ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *