२०८१ असार १ गते | 14th of June 2024

रुसले राष्ट्रिय झण्डा बिना खेल्नु पर्ने

रुसले राष्ट्रिय झण्डा बिना खेल्नु पर्ने
Sanchar_np प्रकाशित: २०७८ फागुन १६ गते ७:१७

रुसले राष्ट्रिय झण्डा र राष्ट्रिय गान बिना अन्तराष्ट्रिय फुटबल खेल खेल्नुपर्ने भएको छ । विश्व फुटबलको सर्वोच्च निकाय फिफाले रुसलाई राष्ट्रिय झण्डा र राष्ट्रिय गान बिना अन्तराष्ट्रिय फुटबल खेल्न निर्देशन दिएको छ ।

फिफाको निर्देशनसँगै रुसले अब फुटबल युनियन अफ रसियाको नाममा तथष्ट भएर अन्तराष्ट्रिय खेल खेल्नेछ । रुसले युक्रेनमा आक्रमण गरेपछि फिफाले झण्डा र राष्ट्रिय गानमा प्रतिबन्ध गरेको हो ।

आक्रमणकै विरोधमा पछिल्लो समय युरोपका विभिन्न देशले रुससँग खेल्ने अस्विकार गरेको छ । जसमा इंग्ल्यान्ड, वेल्स, पोल्याण्ड, चेक रिपब्लिक र स्विडेन रहेका छन् ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *