२०८१ असार १ गते | 14th of June 2024

लाजियोलाई हराउँदै नापोली शीर्ष स्थानमा

लाजियोलाई हराउँदै नापोली शीर्ष स्थानमा
Sanchar_np प्रकाशित: २०७८ फागुन १६ गते ८:१६

इटालियन सिरी ए फुटबलमा नापोलीले लाजियोलाई हराएको छ । गएराती भएको खेलमा नापोलीले लाजियोलाई २– १ गोल अन्तरले हराएको हो। खेलको ६२ औं मिनेटमा लोरेन्जो इन्साइनले गोल गर्दै नापोलीलाई अग्रता दिलाएका थिए ।

खेलको ८८ औं मिनेटमा पेड्रोले गोल गर्दै लाजियोलाई १– १ को बराबरीमा ल्याए । त्यसपछि खेलको इन्जुरी समयमा फाबियन रुइजले गोल गर्दै नापोलीलाई २(१ को जित दिलाए ।

जितसँगै नापोली लिगको शीर्ष स्थानमा उक्लिएको छ । नापोलीले २७ खेलमा ५७ अंक जोडेको छ ।

लाजियो ४३ अंक जोडेर सातौं स्थानमा रहेको छ ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *