२०८१ असार १ गते | 14th of June 2024

बन्दले उदयपुर ठप्प

बन्दले उदयपुर ठप्प
Sanchar_np प्रकाशित: २०७८ फागुन १६ गते ९:२५

संसदबाट एमसीसीपारित गरेको विरोधमा उत्रिएका विभिन्न ८ पार्टीले आह्वान गरेको बन्दका कारण सोमबार बिहानैदेखि उदयपुरको जनजीवन प्रभावित बनेको छ।

लठ्ठी जुलुससहित चोक–चोकमा बन्दकर्ता निस्केपछि लामो तथा छोटो दुुरीका सवारी साधनसमेत ठप्प छन्। बन्दकर्ताले सरकारी, निजी विद्यालय तथा क्याम्पस र उद्योग कलकारखानामा पुगि बन्दको उर्दि जारी गरेपछि ति क्षेत्रसमेत ठप्प रहेका छन्।

सदरमुकाम गाईघाट, कटारी, बेल्टार, रामपुर, मुर्कुची लगायत आसपासका बजार र ग्रामिण क्षेत्रका पसलहरुसमेत बिहानैदेखि ठप्प छन्। बन्दकर्ताहरु बिहानैदेखि झण्डा र हातमा लाठ्ठी लिएर बजार बन्द गराउँदै हिडेपछि पसल बन्द भएका हुन्।

सामान्य दुईपांग्रे सवारी र अत्यावश्यक सवारी बाहेक अन्य सबै सवारी साधन विहानैदेखि चल्न सकेका छैन्। एमसीसी राष्ट्रघाति सम्झौता भएकाले फिर्ता लिनुपर्ने नेपाल कम्युनिष्ट पार्टीका जिल्ला सेक्रेटरी लक्ष्मण पौडेलले बताए।

उनले राष्ट्र र राष्ट्रियताको हितविपरित रहेको एमसिसी खारेजी नगरेसम्म आन्दोलन जारी रहने बताए। संसदमा रहेका नेताहरु आर्थिक स्वार्थमा राष्ट्रघाति सम्झौता गरेर मुलुकलाई युद्धतर्फ धकेलेको आरोप लगाए। ८ दलिय गठबन्धनले एमसीसीको विरोधमा एक साता यता बन्दहडताल, निरन्तर विरोध प्रर्दशन, जिल्ला प्रशासन घेराउ, मसालजुलुस, सडक अवरुद्ध जस्ता कार्यक्रम अघि सार्दै आएका छन्।

विरोध प्रर्दशनमा ८ दलिय गठबन्धन नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी, मोहन वैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादी, ऋषि कट्टेल नेतृत्वको नेकपा, आहुति नेतृत्वको वैज्ञानिक समाजवादी पार्टी, कर्णजित बुढाथोकी नेतृत्वको नेकपा माओवादी केन्द्र समाजवादी तथा सीपी गजुरेल नेतृत्वको देशभक्त गणतान्त्रिक मोर्चा नेपाल, मोहनविक्रम सिंह नेतृत्वको नेकपा (मसाल) र चित्रबहादुर केसी रहेको राष्ट्रिय जनमोर्चा नेपाल रहेका छन्।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *