२०८१ असार १ गते | 14th of June 2024

प्रहरीको लाठी चार्जबाट २ जना विप्लव कार्यकर्ता घाइते

प्रहरीको लाठी चार्जबाट २ जना विप्लव कार्यकर्ता घाइते
Sanchar_np प्रकाशित: २०७८ फागुन १६ गते १०:०४

अमेरिकी अनुदान सहयोग परियोजना एमसिसी प्रतिनिधिसभाबाट पारित भएको विरोधमा उत्रिएका नेकपा विप्लव समूहका कार्यकर्तामाथि प्रहरीले महेन्द्रनगरमा लाठी चार्ज गर्दा आज (सोमबार) २ जना घाइते भएका छन्। घाइते हुनेमा युवा संगठन कञ्चनपुरका उपाध्यक्ष दिपेन्द्र ऐरी र अखिल क्रान्तिकारी कञ्चनपुरका सचिव हरिष ऐरी रहेका छन्।

दुवै जनाको टाउकोमा चोट लागेको छ। घाइते दुवै जनाको महाकाली अस्पताल महेन्द्रनगरमा उपचार भइरहेको छ। शान्तिपूर्ण आन्दोलनमा प्रहरीले लाठी चार्ज गरी दमन गरेको विप्लव समूहका कार्यकर्ताले आरोप लगाए। विप्लवसहित ६ कम्युनिष्ट पार्टी र दुई मोर्चाले बन्द आव्हान गरेका छन्।

बन्द आह्वानले सार्वजनिक सवारीसाधन फाट्टफुट्ट मात्र चलेका छन्। निजी मोटरसाइकल, अटोलगायत सवारीसाधन भने सञ्चालन भइरहेका छन्। बजार क्षेत्र आंशिक खुलेका छन्। शैक्षिक संस्था भने बन्द छन्।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *