२०८१ असार १ गते | 14th of June 2024

एपीएफकी ज्योतीलाई तीन पुरस्कार

एपीएफकी ज्योतीलाई तीन पुरस्कार
Sanchar_np प्रकाशित: २०७८ फागुन १६ गते ११:२५

ललितपुर मेयर महिला टी–ट्वान्टी च्याम्पियनशीपको उपाधि जितेको नेपाल एपीएफ क्लबले नगद २ लाख प्राप्त गरेको छ । टियु क्रिकेट मैदानमा सोमबार भएको फाइनलमा एपीएफले सुदुरपश्चिम प्रदेशलाई ८ विकेटले पराजित गर्दै उपाधि जितेको थियो ।

उपविजेता बनेको सुदुरपश्चिमले १ लाख प्राप्त गर्यो । एपीएफकी ज्योती पाण्डे प्लेयर अफ द टुर्नामेन्ट, उत्कृष्ट ब्याटर तथा प्लेयर अफ द फाइनल बनेकी छन् ।

उनले प्लेयर अफ द टुर्नामेन्टका लागि २५ हजार, उत्कृष्ट ब्याटरका लागि १५ हजार तथा प्लेयर अफ द फाइनलका लागि ३ हजार प्राप्त गरिन् । सुदुरपश्चिमकी इश्वरी विष्ट उत्कृष्ट बलर बन्दै नगद १५ हजार प्राप्त गरिन् ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *