२०८१ असार १ गते | 14th of June 2024

प्रहरीमाथि प्रदर्शनकारीको ढुंगा प्रहार गर्दा इन्सपेक्टरसहित १८ प्रहरी घाइते

प्रहरीमाथि प्रदर्शनकारीको ढुंगा प्रहार गर्दा इन्सपेक्टरसहित १८ प्रहरी घाइते
Sanchar_np प्रकाशित: २०७८ फागुन १७ गते ५:०७

घरबाहिर ननिस्कन आग्रह गर्दै माइकिङ गरिरहेका प्रहरीमाथि प्रदर्शनकारीले ढुंगा प्रहार गरेका हुन् । ढंगा प्रहारबाट नगर प्रहरी प्रमुख लालबहादुर सुनार पनि घाइते भएका छन् । प्रहरीका अनुसार दुईजना सर्वसाधारणसमेत घाइते भएका छन् । प्रदर्शनका कारण सुर्खेतको वीरेन्द्रनगर क्षेत्रमा तनाव भएपछि जिल्ला प्रशासन कार्यालय सुर्खेतले कर्फ्यु आदेश जारी गरेको हो ।

हिजो राति सवा ८ बजेदेखि अर्को आदेश जारी नभएसम्मका लागि आदेश जारी भएको हो । हिजो बन्दकर्ताले सुर्खेतमा विभिन्न राजनीतिक दलका पार्टी कार्यालयहरुमा आगजनी र तोडफेड गरेका थिए ।

एमसीसी अनुमोदनको विरोधमा बन्द आह्वान गरेका दलका कार्यकर्ताहरुले नेकपा एमालेको पार्टी कार्यालयमा आगो लगाएका हुन् ।

नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रको पार्टी कार्यालयमा तोडफोड गरेका छन् ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *