२०८१ असार १ गते | 14th of June 2024

युवा संघ भोजपुरले पूर्णता पायो, १७१ सदस्यीय कमिटी

युवा संघ भोजपुरले पूर्णता पायो, १७१ सदस्यीय कमिटी
Sanchar_np प्रकाशित: २०७८ फागुन १७ गते ५:२९

नेकपा एमालेनिकट राष्ट्रिय युवा संघ नेपालको भोजपुर कमिटीले पूर्णता पाएको छ । सोमबार सदरमुकाममा आयोजित जनसंगठनहरूको भेलाबाट विमल रणपहेली नेतृत्वको संघलाई १७१ सदस्यीय अधिवेशन आयोजक कमिटी बनाएर पूर्णता दिइएको हो ।

युवा संघको उपाध्यक्षमा उत्तरराज खड्का, सचिवमा रविन थापा, उपसचिवहरू मन्दीप राई, सिर्जना राई र सरो चाम्लिङ छन् । कोषाध्यक्षमा ईश्वरकुमार दंगाल चुनिएका छन् ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *