२०८१ असार १ गते | 14th of June 2024

फेसबुकको ‘हल अफ फेम’ मा ७ नेपाली इथिकल ह्याकर

फेसबुकको ‘हल अफ फेम’ मा ७ नेपाली इथिकल ह्याकर
Sanchar_np प्रकाशित: २०७८ फागुन १७ गते ७:१२

सामाजिक सञ्जाल फेसबुकले सन् २०२२ को ‘हल अफ फेम’ को पहिलो सूची सार्वजनिक गरेको छ । फेसबुकले सार्वजनिक गरेको ३२ जनाको सूचीमा सात नेपाली युवाको नाम पनि रहेको छ ।

फेसबुकको हल अफ फेम एउटा यस्तो प्लेटफर्म हो, जहाँ फेसबुकमा रहेका सुरक्षा कमजोरीलाई पत्ता लगाएर फेसबुकलाई सुरक्षित राख्न मद्दत गर्ने इथिकल ह्याकरलाई सम्मानस्वरुप उनीहरूको नाम राख्ने गरिन्छ ।

यस सूचीमा ह्याकरहरूको नाम उनीहरुको योगदानको आधारमा नाम परिवर्तन भइरहन्छ । सन् २०२२ को पहिलो सूची पनि हालै सार्वजनिक गरेको छ, जसमा सात नेपाली युवाको नाम पनि सूचीकृत भएको छ ।

सूचीकृत हुने नेपालीमा समिप अर्याल आठौं स्थानमा छन् भने सौगात पोखरेल १०औं स्थानमा छन् । यसैगरी सजन कार्की १३औं, विजय केसी १९औं, सुदिप शाह २६औँ, प्रज्ज्वल ढुंगाना २७औं र सन्तबहादुर घर्ती मगर २९औं स्थानमा रहेका छन् ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *