२०८१ असार १ गते | 14th of June 2024

मुगुबाट सुर्खेत जाँदै गरेको हेलिकप्टरमै शिशुको जन्म

मुगुबाट सुर्खेत जाँदै गरेको हेलिकप्टरमै शिशुको जन्म
Sanchar_np प्रकाशित: २०७८ फागुन १७ गते ९:३१

मुगुको खत्याड गाउँपालिका ४ की २० वर्षीया धनलक्ष्मी रावलले हेलिकप्टरमै बच्चा जन्माएकी छिन् । सुत्केरी व्यथा लागेकी गर्भवतीको नेपाली सेनाले उद्धार गरेर सुर्खेत लैजाने क्रममा रावलले हेलिकप्टरमै बच्चालाई जन्म दिएकी हुन् ।

आमा र शिशुलाई अहिले प्रदेश अस्पतालमा सुर्खेतमा राखिएको छ । सेना दिवसको अवसरमा यो मानवीय उद्धार नमुनाको सेवा भएको सेनाले जनाएको छ ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *