२०८१ असार १ गते | 14th of June 2024

वैदेशिक रोजगारीमा जाने बढे, छ महिनामा १ लाख ६७ हजार बाहिरिए

वैदेशिक रोजगारीमा जाने बढे, छ महिनामा १ लाख ६७ हजार बाहिरिए
Sanchar_np प्रकाशित: २०७८ फागुन १७ गते १०:०९

कोभिड–१९ को असर कम भएसँगै वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या पनि बढ्न थालेको छ । जसअनुसार गत साउनदेखि पुससम्म १ लाख ६७ हजार ५ सय १३ जनाले वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति लिएका छन् । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा यो करिब ११ गुणा बढी हो । २०७७ को साउनदेखि पुससम्म १५ हजार ४९ जनाले मात्र वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति लिएका थिए ।

समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ र वैधानिकीकरण) लिने नेपालीको संख्या उल्लेख्य बढेको राष्ट्र बैंकको तथ्यांक छ । गत वर्षको सोही अवधिमा यस्तो संख्या ८९ प्रतिशतले घटेको थियो । साउनदेखि पुस मसान्तसम्म वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या २९८.१ प्रतिशतले बढेर १ लाख ३० हजार २ सय १२ पुगेको छ । अघिल्लो वर्ष यसै अवधिमा यस्तो संख्या ७५.५ प्रतिशतले घटेको थियो ।

वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या फेरि बढ्न थाले पनि रेमिट्यान्स आप्रवाह भने गत साउनयता लगातार घटिरहेको छ । यो अवधिमा हुन्डीलगायत विदेशबाट पैसा पठाउने गैरकानुनी माध्यमहरु सक्रिय हुनुका साथै क्रिप्टोकरेन्सी लगायत हाइपर फण्डमा लगानी बढेकाले रेमिट्यान्स प्रभावित भएको जानकार बताउँछन् ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *