२०८१ असार १ गते | 14th of June 2024

फेरि भारतले पठायो पेट्रोलियम पदार्थ बढेको मूल्य (मूल्य सूचीसहित)

फेरि भारतले पठायो पेट्रोलियम पदार्थ बढेको मूल्य (मूल्य सूचीसहित)
Sanchar_np प्रकाशित: २०७८ फागुन १७ गते १०:४१

अन्तरर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य बढिरहेकाले इण्डियन आयल कर्पोरेशन (आईओसी) ले बढाएर नयाँ मूल्य सूची पठाएको छ ।नेपाल आयल निगमका अनुसार विश्वमा कच्चा तेलको मूल्य झण्डै अमेरिकी डलर ९५ देखि १०५ प्रति व्यारेल पुगिसकेको अवस्थामा इण्डियन आयल कर्पोरेशनले आज नयाँ मूल्य सूची पठाएको हो ।

आईसीले पठाएको सूची अनुसार प्रति लिटर पेट्रोल ३.८९, डिजेल ३.०८, मट्टितले १०.३० र हवाई इन्धनमा ३.३२ ले बढेर आएको निगम जनाएको छ ।

नयाँ मूल्य अनुसार निगमलाई आगामी १५ दिनमा करीब ३ अर्ब ९ करोड घाटा हुने स्थिति देखिएको पनि निगमले जनाएको छ ।

समायोजन हुदाँ पनि निगमले अब प्रति महिना करिब ६ अर्ब रुपैयाँ भन्दा बढी नोक्सानी हुने अनुमान गरिएको छ । चालू आर्थिक वर्ष २०७८–७९ को अहिलेसम्म निगमले करिव २८ अर्व नोक्सानी व्यहोरीसकेको जनाइएको छ ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *