२०८१ असार १ गते | 14th of June 2024

कांग्रेस मकवानपुरको निर्वाचनमा पदाधिकारीको मतपरिणाम सार्वजनिक

कांग्रेस मकवानपुरको निर्वाचनमा पदाधिकारीको मतपरिणाम सार्वजनिक
Sanchar_np प्रकाशित: २०७८ फागुन १८ गते ५:२३

नेपाली कांग्रेस मकवानपुरको जिल्ला अधिवेशन अन्तर्गत सोमवार सम्पन्न भएको पदाधिकारीको अन्तिम परिणाम सार्वजनिक भएको छ ।बुधवार बिहान सार्वजनिक भएको पदाधिकारीको अन्तिम परिणामअनुसार पार्टीको जिल्ला उपसभापतिमा आनन्द कठायत र धर्म लामिछाने विजयी भएका छन् । कठायतले ६११ र लामिछानेले ६०६ मत प्राप्त गरे ।

सचिव पदमा भीमसेन महत ८१३ र ईश्वर पाठक ७३५ मत प्राप्त गरी विजयी भए । सहसचिवमा इन्दिरा न्यौपाने र ताराचन्द्र बजगाईं विजयी भएका छन् । न्यौपानेले ८५० तथा बजगाईंले ५६२ मत प्राप्त गरेका निर्वाचन समितिले जनाएको छ ।

कांग्रेस मकवानपुरको सभापतिमा बुद्ध लामा सर्वसम्मत चयन भएका थिए । सभापतिमा कुनै पनि उम्मेदवारले ५१ प्रतिशत मत ल्याउन नसकेपछि निर्वाचन दोस्रो चरणमा पुगेको थियो ।

दोस्रो चरणका लागि संस्थापन पक्षका २ उम्मेदवार लामा र आनन्द पराजुलीबीच प्रतिस्पर्धा हुने भएपछि शीर्ष नेतृत्वको पहलमा लामालाई सर्वसम्मत चयन गरिएको थियो । सदस्यहरूको मतगणना हुन बाँकी छ ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *