२०८१ असार १ गते | 14th of June 2024

रौतहटमा करेन्ट लागेर वृद्धको मृत्यु

रौतहटमा करेन्ट लागेर वृद्धको मृत्यु
Sanchar_np प्रकाशित: २०७८ फागुन १८ गते ६:१७

रौतहटस्थित आफ्नै मकैबारीमा मोटरबाट पानी पठाउने क्रममा करेन्ट लागेर एक जना वृद्धको ज्यान गएको छ । स्थानीय कटहरिया नगरपालिका २ हंथियाही गाउँछेउ मकै बारीमा मोटर बाट पानी पटाउने क्रममा करेन्ट लागेर स्थानीय वर्ष ६२ का हरिनारायण राउत बरैको मृत्यु भएको हो ।

स्थायी प्रहरी चौकी छेदिचौकका प्रमुख असई गणेश यादवका अनुसार बुधबार बिहान साढे ७ बजे मोटर स्टार्ट गरेर पानी पटाउने क्रममा बरैले मोटरको बाँधिएको तार देब्रे हातले सिधा पार्न खोजेका थिए । उक्त तारमा काटिएको ​ठाउँबाट हातमै करेन्ट लागेर बरैको घटनास्थलमा मृत्यु भएको असई यादवले जानकारी दिएका छन् । मृतकको शव पोस्टमार्टमको लागि प्राथमिक स्वास्थ्य केन्द्र चन्द्रनिगाहपुर पठाइएको इलाका प्रहरी कार्यालय कटहरियाले जनाएको छ ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *