२०८१ असार १ गते | 14th of June 2024

एमसीसी आयोजनाको पूर्वतयारीमा अहिलेसम्म साढे चार अर्ब खर्च

एमसीसी आयोजनाको पूर्वतयारीमा अहिलेसम्म साढे चार अर्ब खर्च
Sanchar_np प्रकाशित: २०७८ फागुन १८ गते ६:५४

अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) अन्तर्गतका आयोजना कार्यान्वयनको पूर्वतयारीका लागि अहिलेसम्म झन्डै साढे चार अर्ब रुपैयाँ खर्च भएको छ । एमसीसी कार्यान्वयन गर्ने निकाय मिलेनियम च्यालेन्ज अकाउन्ट विकास समितिका अनुसार अहिलेसम्म पूर्वतयारीका लागि चार अर्ब ४६ करोड रुपैयाँ खर्च भएको छ ।

यसमध्ये एक अर्ब ८० करोड रुपैयाँ एमसीसीको पैसा खर्च भएको छ भने बाँकी नेपाल सरकारको खर्च भएको हो । एमसीए नेपालले एमसीसी अन्तर्गतका आयोजना कार्यान्वयनको पूर्वतयारीका लागि आठ करोड अमेरिकी डलर अर्थात् झन्डै १० अर्ब रुपैयाँ खर्च गर्ने अधिकार पाएको छ । अझै झन्डै साढे पाँच अर्ब रुपैयाँ पूर्वतयारीको कामका लागि खर्च हुने एमसीए नेपालका प्रमुख कार्यकारी अधिकृत खड्गबहादुर विष्टले जानकारी दिए ।

एमसीसी अन्तर्गतका आयोजना कार्यान्वयनका लागि अमेरिकाको ५० करोड डलर र नेपालको १३ करोड डलर गरी ६३ करोड डलर खर्च हुनेछ । ६३ करोड डलरमध्ये आठ करोड डलर पूर्वतयारीका लागि खर्च हुनेछ भने ५५ करोड डलर निर्माणको चरणमा खर्च हुनेछ । एमसीसी सम्झौता अन्तर्गतका विद्युत् प्रसारण लाइन र सडक सुधारका लागि पूर्वतयारीका काम भइरहेका छन् ।

तालिकाअनुसार पूर्वतयारीका काम अहिलेसम्म सम्पन्न भइसक्नुपर्ने भए पनि कोरोना महामारी र एमसीसी सम्झौता संसदबाट अनुमोदन हुन ढिलाइ हुँदा पूर्वतयारीका काममा पनि ढिलाइ भएको कार्यकारी निर्देशक विष्टको भनाइ छ ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *