२०८१ असार १ गते | 14th of June 2024

नेपाल–पाकिस्तान फ्रेन्डसीप क्रिकेटको उदघाटन

नेपाल–पाकिस्तान फ्रेन्डसीप क्रिकेटको उदघाटन
Sanchar_np प्रकाशित: २०७८ फागुन १८ गते ९:०३

सातौं संस्करणको नेपाल–पाकिस्तान फ्रेन्डसीप टी–ट्वान्टी क्रिकेट प्रतियोगिताको बुधबार उदघाटन भएको छ । पाकिस्तानी राजदूतावासको आयोजनामा सुरु भएको प्रतियोगिताको उदघाटन काठमाडौं महानगरपालिकाका मेयर विद्या सुन्दर शाक्यले गरे ।

मेयर शाक्यले पाकिस्तानी दूतावासले आयोजना गरेको प्रतियोगिताको प्रशंसा गर्दै यस्ता प्रतियोगिताले पाकिस्तान र नेपालका खेलाडीहरुलाई एकजुट बनाउन सहयोग गर्ने बताए । नेपालका लागि पाकिस्तानी राजदूत सयद हैदर शाहले कोडिभको यस समयमा खेलकुद गतिविधिको महत्व बढेको बताए ।

शाहले यस प्रतियोगिताले नेपाल र पाकिस्तानबीचको सम्बन्ध अझ सुमधुर बनाउने विश्वास व्यक्त गरे । प्रतियोगिता फागुन १८ देखि २६ गतेसम्म संचालन हुनेछ ।

लिगकम नकआउटका आधारमा खेलाइने प्रतियोगितामा १२ टिमको सहभागिता रहनेछ । सहभागी १२ टिमलाई चार समूहमा विभाजन गरिएको छ ।

समूह ‘ए’ मा पाकिस्तान दूतावास क्रिकेट क्लब, एचके क्रिकेट क्लब र लायन क्रिकेट क्लब रहेका छन् । समूह ‘बी’ मा स्टार क्रिकेट एकेडेमी, बाल पार्क एकेडेमी तथा जीएचसीए रहेका छन् ।

समूह ‘सी’ मा आरएस विद्यापिठ एकेडेमी, एन्जल्स हार्ट एकेडेमी र क्रिकेट एक्सिलेन्स सेन्टर तथा समूह ‘डी’ मा स्कुल अफ क्रिकेट, बालुवाटार क्रिकेट क्लब तथा नेक्सस क्रिकेट एकेडेमी रहेका छन् ।

चारवटै समूहका विजेताहरु सेमिफाइनल प्रवेश गर्नेछन् ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *