२०८१ असार १ गते | 14th of June 2024

नेप्सेमा आज ६३ अंकको पहिरो, ३ अर्बको कारोबार

नेप्सेमा आज ६३ अंकको पहिरो, ३ अर्बको कारोबार
Sanchar_np प्रकाशित: २०७८ फागुन १८ गते १०:३२

नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा बुधबारको कारोबारमा ६४ अंकले गिरावट आएको छ । मंगलबार शिबरात्रीले बन्द रहेको सेयरबजार बुधबारमा ६३.९८ अंकले गिरावट आएको हो ।

आजको कारोबारमा सेयर बजार परिसूचक २.२५ प्रतिशतले घटेको छ । त्यस्तै ‘क’ वर्गका कम्पनीको सेयर मूल्य मापन गर्ने सेन्सेटीभ इन्डेक्स ११.५२ अंक अर्थात २.३० प्रतिशतले घटेर ४८८.६९ अंकमा ओर्लिएको छ ।

आज २२८ कम्पनीका सेयर कारोबार भएकोमा ३ कम्पनीको सेयर मूल्य मात्रै बढेको छ भने १८८ कम्पनीको सेयर मूल्य घटेर कारोबार भएको छ । कुल ७६ लाख ५२ हजार कित्ता सेयर ३ अर्ब ६२ करोड ११ लाख ४३ हजार ९ सय ७९ रुपैयाँमा खरिद विक्री भए ।

आज बढी मूल्य घट्ने कम्पनीहरुमा हिमालयन जनरल, न्यादी ग्रुप पावर कम्पनी, नेसनल हाइड्रो लगायतका कम्पनी छन् ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *