२०८१ असार १ गते | 14th of June 2024

युक्रेनसँग फेरि वार्ता तयार छौं : रुस

युक्रेनसँग फेरि वार्ता तयार छौं : रुस
Sanchar_np प्रकाशित: २०७८ फागुन १८ गते ११:२५

रुसले युक्रेनसँग दोस्रो चरणको वार्ता सुरु गर्न तयार रहेको बताएको छ । क्रेमलिनका प्रवक्ताले बुधबार साँझ युक्रेनका अधिकारीसँग आफूहरू पुनः वार्ता गर्न तयार रहेको बताएका हुन् ।

क्रेमलिनका प्रवक्ता डिमित्री पेस्कोभले जारी युद्धबारे युक्रेनका प्रतिनिधिसँग वार्ता गर्न तयार रहेको बताएका हुन् । ‘हाम्रा प्रतिनिधि वार्ता जारी राख्न तयार छन्’, पत्रकारसँग कुरा गर्दे पेस्कोभले भने ।

तर, वार्ता हुने स्थानबारे पेस्कोभले केही खुलाएनन् । युक्रेनका अधिकारीले वार्ता सञ्चालन गर्ने रुसको प्रस्तावबारे हालसम्म कुनै टिप्पणी गरेका छैनन् ।

जारी युद्धलाई अन्त्य गर्ने प्रयास स्वरुप युक्रेन र रुसका अधिकारीले शनिबार पहिलो चरणको वार्ता गरेका थिए । दुबै पक्षले पुनः भेट्ने सहमति गरेको सो वार्तापछि कुनै निष्कर्ष निस्कन भने सकेको थिएन ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *