२०८१ असार १ गते | 14th of June 2024

एमसीसीलाई समयमै सम्पन्न गराउनेतर्फ गठबन्धनको ध्यान जान्छ : ज्ञानेन्द्र कार्की

एमसीसीलाई समयमै सम्पन्न गराउनेतर्फ गठबन्धनको ध्यान जान्छ : ज्ञानेन्द्र कार्की
Sanchar_np प्रकाशित: २०७८ फागुन १९ गते ७:२७

सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले एमसीसी संसद्बाट एकमतका साथ अनुमोदन भएको भन्दै अब यसको कार्यान्वयन प्रक्रियालाई तीव्रता दिनुपर्ने बताएका छन्। बिहीबार प्रधानमन्त्रीनिवास बालुवाटारमा बसेको चारदलीय सत्ता गठबन्धनको बैठकपछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै कार्कीले एमसीसी कार्यान्वयनको पक्षलाई ढिलाई गर्न नहुने विषयमा छलफल भएको बताए।

‘एमसीसी संसद्बाट एकमतमा अनुमोदन भइसकेपछि चार दलको बैठक बसेको छ। प्रधानमन्त्रीले एमसीसी अनुमोदनमा सहयोग गर्ने नेता र दलहरुलाई धन्यवाद व्यक्त गर्नुभयो,’उनले भने,‘अबको विकसित राजनीतिक परिस्थितिका बारेमा सरकार र गठबन्धन दलको के भूमिका रहने भन्ने विषयमा छलफल केन्द्रित रह्यो।’

उनले एमसीसीलाई पाँच वर्षभित्रमा पूरा गरेर अघि बढ्नुपर्नेमा गठबन्धनभित्र छलफल भएको भन्दै त्यसतर्फ सरकारको ध्यान अघि बढ्ने बताए।

‘समयमा सम्पन्न गर्नका लागि एक ठाउँमा उभिन जरुरी छ। यसलाई मेलञ्ची जस्तो बनाउन सक्दैनौं। पाँच वर्षभित्रमा हामीले जसरी पनि यो परियोजनालाई सम्पन्न गरिसक्नुपर्छ,’उनले भने,‘लक्ष्यलाई पूरा गरेर गरिबी निवारण र दिगो आर्थिक विकास तर्फ अगाडि बढ्न अहिले जस्तो नै एकताबद्ध भएर अघि बढ्नुपर्छ भन्ने नै धारणा बनेको छ।’

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *